लाभांश प्रस्ताव पारित गर्न उपकार लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले?

Feb 06, 2023 10:37 AM Merolagani



उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड (ULBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। लघुवित्तले फागुन १८ गते बिहीबार चौथो वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बैजनाथ १, गाभर भ्याली (सामुदायिक होमस्टे) बाँकेमा हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ६१.८५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३.२५ प्रतिशत नगद लाभांश गरी कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।