नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा चयन

Feb 07, 2023 01:39 PM Merolagani



नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(NCHL)ले आफ्नो २०३ औं संञ्चालक समितिको बैठकबाट दयाराम शर्मालाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ । डेप्युटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासँग उनले अध्यक्ष पदको लागि सपथ ग्रहण गरेका हुन् ।

तत्कालीन अध्यक्ष राम बहादुर मानन्धरको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पश्चात शर्माले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन् ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।