एनआईबिएल र सानिमा ग्रोथ फण्ड नेप्सेमा सूचीकृत,भोलीदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने

Feb 07, 2023 03:42 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईविएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्ड सूचीकृत भएको छ । एनआईविएलको १३ करोड २० लाख इकाई र सानिमाको ६ करोड ७२ लाख ५३ हजार २६० इकाई नेप्सेमा सूचीकृत भएको हो ।

एनआईबिएल एस क्यापिटलको सामुहित लगानी कोष योजना अन्तरगतकाे एनआईबिएल ग्रोथ फण्डलाई नेप्सेले एलआईबिएलजिएफ कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा दोस्रो बजारका कारोबार हुनेछ ।

यस्तै सानिमा क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तरगतकाे सानिमा ग्रोथ फण्डलाई नेप्सेले एसएजिएफ कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा भोली बुधबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

एनआईविएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डको इकाईलाई नेप्सले प्रति इकाई १० रुपैयाँ ओपनिङ्ग रेन्ज तोकिएको छ ।

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।