एनआईबिएल र सानिमा ग्रोथ फण्ड नेप्सेमा सूचीकृत,भोलीदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने

Feb 07, 2023 03:42 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआईविएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्ड सूचीकृत भएको छ । एनआईविएलको १३ करोड २० लाख इकाई र सानिमाको ६ करोड ७२ लाख ५३ हजार २६० इकाई नेप्सेमा सूचीकृत भएको हो ।

एनआईबिएल एस क्यापिटलको सामुहित लगानी कोष योजना अन्तरगतकाे एनआईबिएल ग्रोथ फण्डलाई नेप्सेले एलआईबिएलजिएफ कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा दोस्रो बजारका कारोबार हुनेछ ।

यस्तै सानिमा क्यापिटलको सामुहिक लगानी कोष योजना अन्तरगतकाे सानिमा ग्रोथ फण्डलाई नेप्सेले एसएजिएफ कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा भोली बुधबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

एनआईविएल ग्रोथ फण्ड र सानिमा ग्रोथ फण्डको इकाईलाई नेप्सले प्रति इकाई १० रुपैयाँ ओपनिङ्ग रेन्ज तोकिएको छ ।

 




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।