भारतीय शेयर बजार घट्दा पनि बढ्यो अदानी इन्टरप्राइजेजको शेयर मूल्य

Feb 07, 2023 05:38 PM MeroLagani

म‌ंगलबार भारतीय शेयर बजार घट्दा पनि अदानीकाे लगानी रहेकाे कम्पनीकाे शेयर मूल्य भने बढेकाे छ । बजारमा आएकाे गिरावटका बाबजुद अडानी समूहका कम्पनीकाे शेयर मूल्यमा उछाल आएकाे हाे । म‌ंगलबार सेन्सेक्स २२० अंकले घटेर ६०,२८६ मा बन्द भयो। यससँगै निफ्टी पनि ५० अंकले झरेर १७,७१४ को स्तरमा पुगेको छ ।  सेन्सेक्सका ३० स्टकमध्ये २१ वटा स्टक घटे र ९ वटा मात्रै बढेकाे छ ।

अदानी इन्टरप्राइजेज १५ प्रतिशत बढ्यो

बजारमा आएको गिरावटको बीचमा अदानी समूहका कम्पनीहरुको शेयरमा अत्यधिक उछाल आएको छ । अदानी ग्रुपको प्रमुख कम्पनी अदानी इन्टरप्राइजेजको सेयर १५ प्रतिशतले बढेर १ हजार ८१३ रुपैयाँमा बन्द भयो। यसअघि यो स्टक १३ दिनमा ५५ प्रतिशतले घटेको थियो । जबकी अदानी विल्मार ५ प्रतिशतले बढेको छ ।

यसबाहेक, अदानी समूहले हालै किनेको कम्पनी एनडीटीभी ०.४४%, एसीसी १.१४% र अम्बुजा सिमेन्ट २.१६% ले बढेको छ। तर, अडानी टोटल ग्यास, पावर एण्ड ग्रीन ५ प्रतिशतले घटेको छ । हिन्डनबर्गको प्रतिवेदन २४ जनवरीमा बाहिर आएपछि अदानी समूहको शेयरमा निकै उतारचढाव देखिएको छ ।

अटो र एफएमसीजी क्षेत्रमा १% गिरावट

एनएसईका ११ क्षेत्रीय परिसूचकमध्ये ७ वटा घटेका छन् । एफएमसीजी क्षेत्र सबैभन्दा बढी १.१६% ले घट्यो । त्यस्तै, अटो सेक्टर पनि १ प्रतिशतले घटेको छ । यसबाहेक आईटी, मिडिया, मेटल, फर्मा, पीएसयू बैंकमा पनि गिरावट आएको छ । निफ्टी बैंक, वित्तीय सेवा, निजी बैंक र रियल्टी क्षेत्रमा सामान्य बढेको छ ।

अडानी ट्रान्समिसनको नाफा ७८ प्रतिशतले बढ्यो
अदानी ट्रान्समिसनले फेब्रुअरी ६ मा डिसेम्बरसम्मको त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको थियो । यस त्रैमासिकमा कम्पनीको नाफा ७८ प्रतिशतले बढेर ४७४.७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमासमा यो २६७ करोड रुपैयाँ थियो । सोही अवधिमा कम्पनीको कुल आम्दानी ३,५५१.७ करोड रहेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको रु २,९११.७ करोडको तुलनामा २२ प्रतिशतले बढी हो ।

कम्पनीकाे चुहावट ५.६ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ । कलेक्सन इफिसेन्सी सतप्रतिशत माथि रह्यो तर, पछिल्लो समय कोइलाको मूल्य र विद्युत् खरिद लागतमा भएको वृद्धिको असर मासिक बिलिङ इन्धन समायोजन शुल्क असुलीले आंशिक रूपमा घटाएको छ ।

सोमबार घटेर बन्द भएको थियो बजार
साताको पहिलो कारोबार दिन अर्थात सोमबार (६ फेब्रुअरी २३) शेयर बजारमा गिरावट आएको थियो । सेन्सेक्स ३३४ अंकको गिरावटसँग ६०,५०६ को स्तरमा बन्द भयो । उही समयमा निफ्टी ८९ अंकले घटेर १७,७६४ मा पुगेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।