प्रिमियर इन्स्योरेन्सको बीमाशुल्क घटेपनि नाफा भने सामान्य बढ्यो

Feb 08, 2023 11:14 AM Merolagani



प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड (PIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.३४ प्रतिशतले मात्रै बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने ८.०१ प्रतिशतले घटेर ४२ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ५ करोड ८९ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत ११ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ४० करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३० करोड ८ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ९ करोड ३० लाख रुपैयाँ र महाविपत्ती कोषमा ६ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २७ पैसा, प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ २३ पैसा र मूल्य आम्दानी अनुपात २९.५० गुणा बढी रहेको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।