फेरि बढायो भारतीय केन्द्रीय बैंकले ब्याजदर, कति पुर्‍यायो

Feb 08, 2023 12:43 PM merolagani



भारतीय रिजर्भ बैंक(आरबिआइ)ले रिपो रेट बढाएर ६.५० प्रतिशत पुर्‍याएको छ। यस अघि रिपो रेट ६.२५ प्रतिशत कायम थियो। आरबिआइले ०.२५ प्रतिशत बढाएको हो।

भारतीय वित्त मन्त्री निर्मला सीतारमणले गएको फ्रेब्रुअरी १ मा बजेट पेस गरेपछि मनिटरि पोलिसी कमिटीको पहिलो बैठकले ब्याजदर बढाउने निर्णय गरेको हो। आरबिआइका गभर्नर शक्तिकान्त दासले बुधवार भएको पत्रकार सम्मेलनमा ब्याजदर बढाएको घोषणा गरेका हुन्।  

भारतीय केन्द्रीय बैंकले पछिल्लो समय पाँच पटक ब्याजदर बढाउने निर्णय गरिसकेको छ। पछिल्लो समयको याे वृद्धि छैठौ पटक हो। यस वर्षको पहिलो बैठक गएको अप्रिलमा भएको थियो। उक्त समय रिपो रेट चार प्रतिशतमा स्थिर थियो। तर मे मा आएर आरबिआइले आकस्मिक बैठक गर्दै रिपो रेट ४ प्रतिशतबाट बढाएर ४.४० प्रतिशत पुर्‍याएको थियो। त्यस पछि पटक पटक गरेर रिपो रेट ६.५० प्रतिशतमा पुर्‍याइएको हो।    




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।