सुनको भाउ बढ्दा चाँदी भने घट्यो

Feb 08, 2023 12:45 PM Merolagani



बुधबार सुनको भाउ बढेको छ । माघ २५ गते, सुन तोलामा २०० रुपैयाँले महंगिएको छ । यस दिन चाँदीको भाउ भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार भने सुनको भाउ स्थिर रहेको छ । हिजो सुन प्रतितोला एक लाख ४ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

बुधबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले सस्तिएको छ । आज चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा झरेको छ ।

अघिल्लो दुई कारोबार दिन, चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ३२० रुपैयाँ कायम भएको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।