ल्यान्डलाइनको अनुभवले मोबाइलको बाटो देखायो र यसरी बन्यो एयरटेल दोस्रो ठूलो कम्पनी

Feb 08, 2023 06:08 PM Merolagani



एयरटेलले भारतका १७ सहरमा फाइभजी सेवा सुरु गरेको छ। एयरटेल टेलिकमको क्षेत्रमा भरपर्दो ब्रान्डको रुपमा चिनिएको छ। धेरैजसो दूरसंचार कम्पनीहरूको ध्यान पैसा कमाउने र प्रयोगकर्ता बढाउनमा केन्द्रित छ, तर एयरटेलको सोच यस मामिलामा अलि फरक छ।

भारतमा २७ वर्षअघि मोबाइल सञ्चार सेवा सुरु भएको थियो। आठ नेटवर्क प्रदायक कम्पनीहरूले भारतमा सेवाहरू प्रदान गर्न थाले। विस्तारै दूरसञ्चार क्षेत्रमा कम्पनीहरूबीच एकाधिकार युद्ध सुरु भयो। यही युद्धको अन्त्य गर्न एयरटेल आएकाे हाे।

एयरटेलका संस्थापक सुनिल भारती मित्तलले आफ्नो एक अन्तर्वार्तामा सुरुदेखि नै कम्पनीको उद्देश्य टेलिकम क्षेत्रको एकाधिकार अन्त्य गर्ने रहेको बताएका थिए।

 

सन् १९९५ मा पहिलो पटक नेटवर्कमा कल

पहिलो पटक, २७ सेप्टेम्बर १९९५ मा, औपचारिक फोन कलहरू एयरटेलको नेटवर्कमा सुरु भएको थियो। पहिलो फोन तत्कालीन राज्यमन्त्री पीजी कुरियन र सञ्चारमन्त्री सुखरामबीच भएको थियो। ९० को दशकमा सुनिल भारती मित्तलले धेरै किसिमका व्यवसायमा हात हालेका थिए। उनले पहिले नै बीटल नामको पुश फो ताइवानबाट अर्डर गरिरहेका थिए। उनले टेलिफोन अनुभवको फाइदा अर्को व्यवसायमा पाए। उनले भारती टेलिभेन्चर नामक कम्पनी खोले। अप्रिल २००६ मा, यसको नाम भारती एयरटेल लिमिटेडमा परिवर्तन भयो।

यस कम्पनीमा दुई साझेदार छन्। सिंगापुरको सिंगटेल र एयरटेल आफै। हाल कम्पनीमा मित्तल परिवारको २५.५६ प्रतिशत र सिंगटेलको २९.७ प्रतिशत हिस्सा छ।

सधैं केहि फरक गर्न कोशिस

एयरटेल नयाँ प्रयोग गर्नेमा सधैं शीर्ष स्थानमा रहेको छ। केही समयअघि देशमा पहिलो पटक मेटाभर्समा मल्टिप्लेक्स लंच गरेको थियो। रिजर्भ बैंकबाट ग्रीन सिग्नल पाएपछि कोटक महिन्द्रा बैंकले २० प्रतिशत सहभागितामा भुक्तानी सेवा लंच गरेको हो। केही नयाँ गर्न सुरु गरेसँगै एयरटेल पनि विवादमा परेको थियो। फाइभजी स्पेक्ट्रमको लिलामी पछि, एयरटेल सहित देशका धेरै टेलिकम कम्पनीहरूमा १४ खर्ब ७० अर्बको एडजस्टेड ग्रस रेभेन्यू (समायोजित कुल राजस्व) बाँकी रहेको खुलासा भएको थियो। तर, एयरटेलले गत वर्ष मात्रै ४ वर्षअघि देखिको किस्ता भुक्तानी गरेको थियो। केही समयदेखि गुगलले एयरटेलमा लगानी गर्ने चर्चा चलेको थियो, यद्यपि यसबारे आधिकारिक रूपमा केही जानकारी बाहिर आएको छैन।

जब पञ्जाबको कनेक्शन काम लाग्यो

जब लाइसेन्स प्रक्रिया सुरु भयो, एयरटेलले मुम्बई सर्कल पायो। टाटाले यस विषयमा एयरटेललाई चुनौती दियो। नतिजा स्वरूप, निर्णय उल्टियो र एयरटेलले दिल्लीको लागि लाइसेन्स प्राप्त गर्यो। यो निर्णय एयरटेलको लागि लाभदायक सम्झौता साबित भयो। सुनित मित्तलले आफ्नो अन्तर्वार्तामा आफू पञ्जाबको भएकोले दिल्लीलाई राम्रोसँग बुझेको बताएका थिए।

प्रारम्भिक ४ वर्षमा एयरटेलको कस्टमरबेस पोस्टपेड थियो। ९० को दशकको अन्त्यमा, प्रिपेड सेवाका ग्राहकहरू थपिन थाले। कम्पनीले प्रिपेड सेवालाई म्याजिक नाम दियो। यसपछि सुनिल मित्तलका भाइ राजन भारती मित्तलले एसएमएस सेवा सुरु गरे। र यो सेवा ट्रेण्डमा आयो। यसपछि कम्पनीले पछाडि फर्केर हेर्नु परेन।

हाल, ग्राहक संख्याको आधारमा एयरटेल दोस्रो स्थानमा छ। एयरटेलले विश्वका १८ देशमा सेवा प्रदान गरिरहेको छ।

(अनुवादित)




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।