उन्नति सहकार्य लघुवित्तले लाभांश वितरण नगर्ने

Mar 10, 2023 10:48 AM Merolagani



उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड (USLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

फागुन २५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। सो बैठकले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।