सर्वसाधारणको लागि आईपीओ जारी गर्दे कुमारी जब, एनआईसी एशिया क्यापिटलसँग गर्यो सम्झौता

Mar 10, 2023 11:31 AM Merolagani



मानव संसाधनको क्षेत्रमा विगत ९ वर्ष देखी काम गर्दे आएको प्रतिष्ठित रोजगारदाता कम्पनी कुमारी जव प्रालीले आफ्नो वित्तीय क्षमता अभिवृद्धि गर्न आईपीओ (प्रारम्भिक पब्लिक अफरिङ) जारी गर्ने भएको छ ।

सोही कार्यकालागी, कुमारी जव प्रा.लीले एनआईसी एशिया क्यापिटलको “आइडिया टु आईपीओ” सेवा लिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता कार्यक्रममा बोल्दै कुमारी जवका प्रवन्ध निर्देशक सन्देश भण्डारीले कम्पनीलाई उच्च प्रविधियुत्त एकीकृत सेवा साथै ग्लोवल प्याटफर्ममा पुर्याउनको लागी आईपीओमा जाने निर्णय गरेको बताए ।

साथै सोहि कार्यक्रममा बोल्दै क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले “आइडिया टु आईपीओ अन्तर्गत एनआईसी एशिया क्यापिटलले संस्थागत परामर्श, निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको सेवा पनि प्रदान गर्ने बताएका थिए ।

 

२०१४ मा स्थापित कुमारी जवले आफ्नो योग्यता र क्षमता अनुसार काम खोज्ने व्यक्तिहरू र सही प्रतिभा खोज्ने रोजगारदाताहरू बीच पुलको रूपमा काम गर्दै आएको छ ।

विभिन्न सेवाहरु मध्य www.kumarijob.com पोर्टल नेपालकै अग्रणी अनलाईन जागिरको माध्यम मार्फत जागिर खोज्ने र कर्मचारी खोज्ने संस्थाहरूलाई सेवाहरू प्रदान गर्दै विभिन्न योग्यता र सिप अनुसारको श्रमीक आपुर्ति र विभिन्न रोजगार मुलक तालिम तथा परामर्स दिदै आईरहेको छ ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।