क्रेटा र सेल्टोसलाई टक्कर दिन नेपाल आयो ग्राण्ड भिटारा, मूल्य ८८ लाखसम्म !

Mar 11, 2023 11:09 AM Merolagani



नेपाली बजारमा सुजुकीका दुई नयाँ गाडी सार्वजनिक भएका छन । नेपालका लागि सुजुकी गाडीको आधिकारीक वितरक सिजी मोटोकर्पल ब्रेज्जाको नयाँ जेनेरेशन र ब्राण्ड न्यू मोडल ग्राण्ड भिटारा नेपाली बजारमा भित्र्याएको हो ।

भारतीय बजारमा चर्चा पाएका यी दुई गाडी नेपाली बजारमा केहि महिना ढिलो गरी प्रवेश पाएका छन् । नयाँ प्रविधि र फरक लुक्सका साथ आएका यी गाडीले सफलता पाउने कम्पनीले बिश्वास लिएको छ ।

योसँगै नेपाली गाडी पारखीको लागि ग्राण्ड भिटाराको प्रतिक्षाको घडी समाप्त भएको छ । यो गाडी नेपाल भित्रिएसँगै हुन्डाईको क्रेटासँग हेड टु हेड प्रतिस्पर्धा गर्ने छ ।

कम्पनीले नेपाली बजारमा एसयूभी ब्रेजाको नयाँ जेनेरेशन ६ भेरियन्टमा र न्यू मोडल ग्राण्ड भिटारा ९ भेरियन्टमा उपलब्ध गराएको छ ।

ब्रेज्जाको पुरानो भर्सन भने नेपाली बजारमा सफल भइसकेको भेरियन्टको रुपमा चिनिन्छ । नयाँ जेनेरेसनको ब्रेज्जा नेपाल आएसँगै नेपाली प्यासेन्जर गाडीको बजारमा थप बलियो उपस्थिति जनाउने भएको छ ।

 

कुन भेरियन्टको कति तोकियो मूल्य ?

कम्पनीले नयाँ प्राविधि बिशेषतासहित नयाँ ब्रेजाको एलएक्सआई भेरियन्ट पहिलो पटक ल्याएको छ। यो भेरियन्टको मूल्य तीन लाख छुटसहित ४१ लाख ९९ हजार रुपैयाँ मुल्य तोकिएको छ ।

 

त्यसैगरी ब्रेज्जाको टप भेरियन्टको मुल्य भने ५६ लाख २९ हजार निर्धारण गरिएको छ । तत्काल नयाँ गाडी खरिद गर्ने ग्राहकको लागि सबै भेरियन्टमा तीनलाख छुट दिएको कम्पनीले जनाएको छ ।

त्यसैगरी हालै नयाँ ब्रान्डको रुपमा रहेको सुजुकी ग्राण्ड भिटारा मोडल पनि सार्वजनिक भएको छ । कम्पनीले ग्रान्ड भिटाराको मूल्य ६३ लाख ९९ देखि सुरु भएको छ । इन्ट्री लेभलको जेटा भेरियन्ट सबैभन्दा सस्तो भेरियन्टमा पर्छ ।

कम्पनीले यो गाडीमा समेत ३ लाख छुट दिएको छ । त्यस्तै सुजुकी ग्रान्ड भिटारोको टप भेरियन्ट अल्फा डुअल टोनको मुल्य ८८ लाख २९ हजार तोकिएको छ । 

यो भेरियन्टले हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ । यो गाडी नेपालमा हाइब्रिड दुई इन्जिन अप्सनमा आएको छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।