हकप्रद निष्काशन गर्न अपि पावरलाई आयोगको स्वीकृती

Mar 12, 2023 01:39 PM Merolagani



विद्युत नियमन आयोगले अपि पावर (API) लाई हकप्रद निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले ७.५ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो। यस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।