हकप्रद निष्काशन गर्न अपि पावरलाई आयोगको स्वीकृती

Mar 12, 2023 01:39 PM Merolagani



विद्युत नियमन आयोगले अपि पावर (API) लाई हकप्रद निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो।

कम्पनीले ७.५ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो। यस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।




सिंहदरवार भित्रका कर्मचारीको लिष्ट प्रधानमन्त्रीको टेबुलमा, ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने तयारी

Apr 13, 2026 05:43 PM

सरकारले संघिय सरकारको सचिवालयको रुपमा रहेको सिंहदरवारका कर्मचारीहरुको व्यापकरुपमा सरुवा गर्ने तयारी गरेको छ ।