भिजन लुम्बिनी उर्जा आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो

Mar 13, 2023 04:09 PM Merolagani



भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले फागुन २८ गते आईपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता शेयर आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।

कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिथान क्यापिटल लिमिटेड रहेको छ ।