लाभांश प्रस्तावसहित सिक्लेस हाइड्रोपावरले डाक्यो साधारण सभा

Mar 14, 2023 10:17 AM Merolagani



सिक्लेस हाइड्रोपावर लिमिटेड (SIKLES) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश सहित साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले चैत २० गते सोमबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा अठारौँ वार्षिक साधारण सभा बोलाएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।