एनआइसी एसियाको मूल्य तीन दिनदेखि घटिरहेकाेछ, किन ?

Mar 14, 2023 04:22 PM merolagani



लामो समयदेखि आठ सयको मूल्यबाट नहल्लिएको एनआइसी एसिया बैंकको शेयर मूल्य दुई दिन घटेर ७६४ रुपैयाँमा झरेको छ। आइतबार मात्रै ७९८ रुपैयाँ अन्तिम मूल्य कायम गरेको बैंकको मूल्य मंगलबार नै ७६४ रुपैयाँमा झर्‍यो।

तीन दिनदेखि बैंकको मूल्य लगातार घट्दो ट्रेन्डमा छ। आइतबार १.२४ प्रतिशत घटेको शेयर मूल्य सोमबार २.६३ प्रतिशत घट्यो भने मंगलबार पुन: १.६७ प्रतिशत घटेको हो।

खासगरी बैंकको ठुला ऋणहरू बिग्रिन थालेको र आउँदो त्रैमासमा खराब कर्जा बढेर आउने हल्ला बजारमा चलेको कारण मूल्य लगातार घट्न थालेको एक लगानीकर्ताले बताए।  बैंकका संस्थापकले  शेयर बेचेर बाहिर निस्कन थालेकाे चर्चासँगै मूल्य घटेकाे बिश्लेषण बजारमा गरिदै छ ।

भित्र भित्रै चलेको यस्ताे हल्लाले शेयरको मूल्यमा दैनिक प्रेसर परिरहे पनि पुष्टि गर्ने कुनै आधार भने छैन।  

 




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।