तीन लघुवित्तको शेयरमूल्य समायोजन

Mar 15, 2023 08:17 AM Merolagani



चैत १ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। यस दिन आरएमडीसी लघुवित्त, समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। नेप्सेले यस दिन आरएमडीसीको २६ प्रतिशत, समता घरेलुको १५ प्रतिशत र मनकामना स्मार्टको ४.७५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजपश्चात आरएमडीसी लघुवित्तको शेयरमूल्य ७३८ रुपैयाँ २५ पैसा कायम भएको छ भने समता घरेलु लघुवित्तको ६३९ रुपैयाँ ५७ पैसा र मनकामना स्मार्ट लघुवित्तको ७२५ रुपैयाँ ५४ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी लघुवित्तहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार दोस्रो बजारमा आरएमडीसी लघुवित्तको शेयर प्रतिकित्ता ९३० रुपैयाँ २० पैसा, समता घरेलुको ७३५ रुपैयाँ ५० पैसा र मनकामना स्मार्टको ७६० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा यी लघुवित्तहरुको शेयर कारोबार खुल्नेछ।

आरएमडीसी लघुवित्त (RMDC) ले चैत १० गते अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे २४ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक आपसमा मर्ज हुने, १ः०.८७ शेयर स्वाप अनुपात स्वीकृत गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

त्यसैगरी, समता घरेलु लघुवित्त (SMATA) ले चैत ११ गते, हिमालयन दृश्य रिर्सोट, धुलिखेलमा बिहान साढे ११ बजे नवौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र ३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले स्वरोजगार लघुवित्तसँग मर्जरसम्बन्धित सम्पूर्ण निर्णयहरु पनि पारित गर्नेछ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था (MKLB) ले चैत १६ गते बिहीबार, होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा पाँचौ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। लघुवित्तले ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।