नेप्सेकाे सिमुलेटर प्रणाली सञ्चालनमा, यसरी प्रयाेग गर्न सकिन्छ

Mar 15, 2023 06:08 PM Merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्ताहरुलाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) सञ्चालनमा ल्याएको छ । नेप्सेले बुधबार एक विज्ञप्ति जारी गर्दै परीक्षणको रुपमा यस्तो व्यवस्था संञ्चालन ल्याएको जनाएको हो ।

भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) मा नेप्सेको अनलाईन प्रणालीमा कसरी कारोबार हुन्छ? भनेर व्यावहारिक ज्ञान प्रदान गर्ने शैक्षिक प्रयोजनको लागि सञ्चालनमा ल्याएको नेप्सेले जनाएको छ ।

लगानीकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा विक्री आदेश राखेपछि प्रणालीले नै प्रति आदेश कारोबार सम्पन्न गराउने नेप्से जनाएको छ ।

भर्चुअल कारोबारको लागि लगानीकर्ताले www.demotrading.nepalstock.com मा गएर याे प्रणाली सकिनेछ ।

नेप्सेको भर्चुअल ट्रेडिङ्ग प्रणाली  यसरी प्रयाेग गर्न सकिन्छ । 

 


comments powered by Disqus

डुब्ने हल्लाले एनआइसी एशिया बैंकको २७ अर्ब निक्षेप बाहिरिँदा यसरी हुने भयो उल्टै फाइदा

Feb 26, 2024 06:17 PM

पछिल्लो समय चलेको बैंक डुब्ने हल्लाले एनआइसी एशिया बैंक(NICA)लाई थप फाइदा पुगेको छ। एनआइसी एशिया बैंक डुब्छ भन्ने हल्ला फैलाएर भ्रम सिर्जान गर्न खोज्दा बैंकका सर्वसाधारण निक्षेपकर्ता डराएर बैंकबाट ठूलो रकमको निक्षेप निकालेका छन्। तर अन्तमा यसले बैंकलाई नै फाइदा पुगेको छ।