बैंकिङ क्षेत्र डुब्ने डरले घट्यो अमेरिकी शेयर बजार, क्रेडिट सुइस बैंकको शेयर २४ प्रतिशत घट्यो

Mar 16, 2023 08:53 AM Merolagani



अमेरिकी शेयर बजारमा बुधबार गिरावट देखिएको छ। विश्वभरका लगानीकर्तामा बैंकिङ क्षेत्रको अवस्थाबारे चिन्ता बढ्दै गएपछि यस्तो गिरावट आएको हो।

वाल स्ट्रिटमा, एसएण्डपि ५०० कारोबारको सुरुवातमा १.६ प्रतिशत घटेको थियो। डाउ जोन्स पनि करिब ४६१ अंक घटेको थियो। सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकको पतनपछि विश्वको सबैभन्दा ठूलो बैंकमध्ये एक क्रेडिट सुइस तात पल्टिने आशंका गरिएको छ।

रोबर्ट कियोसाकीको भविष्यवाणीपछि अमेरिकी शेयर बजारमा गिरावट

अमेरिकी शेयर बजार विज्ञ रोबर्ट कियोसाकीले सिलिकन भ्याली र सिग्नेचर बैंकपछि अब क्रेडिट सुइसको अर्को नम्बर रहेको बताएका छन्। यो समस्याको मूल कारण ऋणपत्र बजार हो। सन् २००८ मा पनि उनले लेहमन ब्रदर्स डुब्ने भविष्यवाणी गरेका थिए जुन सही साबित भएको थियो।

यसपछि विश्व बजारमा ठूलो गिरावट देखिएको छ। सो समाचारपछि यूएसमा सूचीकृत क्रेडिट सुइसको शेयर बुधबार २४ प्रतिशत घट्यो। क्रेडिट सुइसको प्रधान कार्यालय स्विट्जरल्याण्डमा छ।

भारतीय बजारमा पनि देखिन सक्छ यसको प्रभाव

अमेरिकी बजारसँगै युरोपेली बजारमा पनि भारी गिरावट देखिएको छ। सबैभन्दा ठूलो गिरावट बैंकिङ स्टकहरुको देखिएको छ। यो गिरावटको असर भारतीय बजारमा पनि बिहीबार देख्न सकिने सम्भावना छ। बुधबार भारतीय बजारको सेन्सेक्स ३ सय ४४ अंकले घटेर ५७ हजार ५५६ को स्तरमा बन्द भएको छ। त्यस्तै, निफ्टी १२३ अंकले घटेर १६ हजार ९७२ मा बन्द भएको छ।

सन् २००८ मा अमेरिकामा आएको थियो सबैभन्दा ठूलो मन्दी

२९ सेप्टेम्बर, २००८ मा जब अमेरिकी बजार खुलेको थियो तव गिरावटको रेकर्ड तोडिएको थियो। केबल एक दिनमा करिब १.२ ट्रिलियन डलर घटेको थियो। जुन त्यतिबेलाको भारतको कुल जीडीपी बराबर थियो। सोभन्दा अघि सन् १९८७ मा अमेरिकी बजारमा त्यति ठूलो गिरावट देखिएको थियो । बजारका हेवीवेट स्टक मानिने एप्पल १८ प्रतिशत, सिटीग्रुप १२ प्रतिशत, जेपी मोर्गन जस्ता १५ प्रतिशतले घटेका छन्। आर्थिक मन्दीको सबैभन्दा ठूलो कारण लेहमन ब्रदर्स थिए।

वास्तवमा, २००२–०४ का बीच सस्तो र सजिलो होम लोनको कारण अमेरिकामा सम्पत्तिको माग बढिरहेको थियो। त्यस्तो समयमा लेहमनले ५ लोन कम्पनीहरु किनेका थिए। तर उच्च मूल्यका कारण माग घट्न थाल्यो र लोन डिफल्ट हुन थाल्यो। फलस्वरूप, मार्च २००८ मा, अमेरिकाको दोस्रो ठूलो होम लोन कम्पनी वियर स्टन्र्स डुब्यो। मार्च १७ मा, लेहमनको शेयर ४८ प्रतिशतले घट्यो। त्यसपछि सेप्टेम्बर १५ मा लेहमनले तात पल्टिएको घोषणा गर्यो र सेप्टेम्बर २९ मा अमेरिकी बजारमा हंगामा मच्चियो।

(अनुवादित)




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।