एक लघुवित्त र दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Mar 16, 2023 09:40 AM Merolagani

चैत २ गते, बिहीबार एक लघुवित्त र दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ स्वाभिमान लघुवित्त, प्रुडेन्सियल इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सले भोली अर्थात चैत ३ गते बुकक्लोज गर्दैछन्।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले चैत ११ गते शनिबार डार्सिज इन्टरनेशनल होटल, बुटवल, रुपन्देहीमा छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै अन्य लघुवित्त संस्था मर्ज अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, रिक्त सञ्चालक पदमा भएको मनोनयनको अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड (PICL) ले चैत १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा एक्काइसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा दिनको १२ः३० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३.३२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ २० लाख ७५ हजार ७५३ रुपैयाँ ४३ पैसा नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिबाट समूह क र ख अन्तर्गत रिक्त दुई सञ्चालक बाँकी कार्यकालका लागि गरिएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्स (HEI) ले चैत २९ गते, बुधबार बिहान ११ बजे, वानेश्वर व्याक्वेट, थापागाँउ काठमाडौंमा २९ औं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित हाल कायम चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँको २.७५ प्रतिशतले हुन आउने ६ करोड १५ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.१४ प्रतिशतले हुन आउने ३२ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै, साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको आर्थिक वर्ष २०७८÷७९ को लेखा परीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्वीटिमा एको परिवर्तनहरु समेत पारित गर्नेछ। सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित गर्नेछ।

comments powered by Disqus

वैशाख २ देखि ३३ ब्रोकर कम्पनीले नयाँ टिएमस टेस्ट गर्ने, मोबाइलबाटै कारोबार,के छन् अरू नयाँ फिचर ?

Mar 17, 2023 06:09 AM

सुवास निरौला

लामो समयदेखि नयाँ टिएमएसको पर्खाइमा रहेका लगानीकर्ताको पर्खाइ आउने वैशाख देखि सकिने  भएको छ।