बिहीबार सुनको भाउमा उच्च वृद्धि

Mar 16, 2023 12:23 PM Merolagani



चैतको दोश्रो दिन, सुनको भाउमा उच्च वृद्धि देखिएको छ । बिहीबार सुन तोलामा नै एक हजार रुपैयाँले महंगिएको छ । चाँदी पनि यस दिन प्रतितोला पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक लाख ६ हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख पाँच हजार ७०० रुपैयाँ कायम रहेको थियाे ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

चैत १ गते, चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

विश्व बजारमा पनि बढ्दै सुनकाे भाउ

अन्तरराष्ट्रिय बजारमा पनि बिहीबार सुनकाे भाउ महंगिएकाे छ । यस दिन सुन प्रतिअउन्स एक डलर भन्दा धेरैले बढेर प्रतिअउन्स एक हजार ९२० डलरमा काराेबार भइरहेकाे छ । चाँदी प्रतिअउन्स २१ डलरमा खरिदबिक्री हुँदैछ । डलर कमजाेर बन्दा पनि सुनकाे मूल्य बढेकाे हाे । 




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।