बिहीबार सुनको भाउमा उच्च वृद्धि

Mar 16, 2023 12:23 PM Merolagani



चैतको दोश्रो दिन, सुनको भाउमा उच्च वृद्धि देखिएको छ । बिहीबार सुन तोलामा नै एक हजार रुपैयाँले महंगिएको छ । चाँदी पनि यस दिन प्रतितोला पाँच रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक लाख ६ हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख पाँच हजार ७०० रुपैयाँ कायम रहेको थियाे ।

बिहीबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ३०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

चैत १ गते, चाँदीको मूल्य स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

विश्व बजारमा पनि बढ्दै सुनकाे भाउ

अन्तरराष्ट्रिय बजारमा पनि बिहीबार सुनकाे भाउ महंगिएकाे छ । यस दिन सुन प्रतिअउन्स एक डलर भन्दा धेरैले बढेर प्रतिअउन्स एक हजार ९२० डलरमा काराेबार भइरहेकाे छ । चाँदी प्रतिअउन्स २१ डलरमा खरिदबिक्री हुँदैछ । डलर कमजाेर बन्दा पनि सुनकाे मूल्य बढेकाे हाे । 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।