एन आई सी एशिया बैंकमा अनलाइनबाट एक मिनेटमै डिम्याट खाता खोल्न सकिने

Mar 16, 2023 03:08 PM Merolagani

एन आई सी एशिया बैंक(NICA)को अनलाइनबाट एक मिनेटमै डिम्याट खाता खोल्न सकिने भएकाे छ। अहिले कुनै बैंक वा क्यापिटलमा डिम्याट छ भने पनि त्यसलाई बन्द गरेर एन आई सी एशिया बैंकमा खोल्न सकिन्छ ।

यस बैंकमा डिम्याट खाता वा मेरो सेयर खाता खोल्दा अन्य बैंक तथा वित्तीय संस्थाले नदिएका सेवा र सुविधाहरु पाउन सकिनेछ ।

एन आई सी एशिया बैंकका अनुसार डिम्याट खाता, मेरो सेयर र सीआरएन नम्बर लिँदा शुल्क तिर्नु पर्दैन । आईपीओ भर्दा पनि शुल्क तिर्नु पर्दैन । पाँच वर्षसम्म यी सेवा सुविधाहरु निःशुल्क प्रयोग गर्न पाइन्छ । सेवा छिटोछरितो र प्रभावकारी छ । बैंकिङ्ग सेवा पनि हरेक टोलटोलमा उपलब्ध छन् ।

एन आई सी एशिया बैंकको अनलाइन वा मोबाइल एपबाट एक मिनेटमै डिम्याट खाता खोल्न सकिन्छ ।

यसरी खोल्न सकिन्छ डिम्याट खाता

सबैभन्दा पहिला तपाईंको कम्युटरको ब्राउजर वा मोबाइलमा एन आई सी एशिया बैंकको वेबसाइट www.nicasiabank.com खोल्नुपर्नेछ । अथवा यस बैंकको मोबाइल एपमा ‘बैंकिङ्ग सर्भिस’भित्र ‘ओपन डिम्याट अकाउन्ट’मा गएर पनि डिम्याट खाता खोल्न सकिनेछ ।

वेबसाइटबाट खोल्दा भने मुख्य पृष्ठको माथिल्लो भागमा ‘अप्लाइ नाओ’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ कार्ड, सीआरएन नम्बर, मेरो सेयरलगायतका अप्सन छन् । त्यसमध्येको एक ‘अनलाइन डिम्याट’मा क्लिक गर्नुपर्छ।

अब ‘क्लिक हेयर टु अप्लाइन’मा क्लिक गर्नुपर्छ  जहाँ एन आई सी एशिया क्यापिटलको पेज खुल्छ । यहाँ डिम्याट खाता सम्बन्धी जानकारीसहित के के डकुमेन्ट चाहिन्छ भन्ने जानकारी उपलब्ध छ । यसमा भएको निर्देशन अनुसार आफ्नो डकुमेन्ट तयार गर्नुपर्छ ।

यो जानकारीसँगै साइन अप भन्ने अप्सन छ । त्यसमा क्लिक गरेर आफ्नो अकाउन्ट बनाउनु पर्छ । साइन अपमा क्लिक गरेर इमेल राख्ने । इमेल राखेपछि तपाईंको उक्त इमेलमा भेरिफिकेसन नम्बर आउँछ । त्यो नम्बर राखेपछि अर्को चरणमा आफ्नो नाम लेख्ने र अब तपाईंको मोबाइल नम्बर भर्नुपर्छ ।

अब युजर नेम र पासवर्ड राखेर नेक्स्ट गर्ने र यहाँ डिम्याट खाता खोल्नको लागि नयाँ पेज आउँछ । त्यसमा मागेको पूर्ण जानकारी लेख्नुपर्छ । सबैभन्दा पहिला व्यक्तिगत जानकारी भर्नुपर्छ । त्यसपछि नेक्स्ट गर्दै ठेगाना, परिवारको जानकारी, खाता नम्बर, पेशा, कागजपत्र र टर्म एण्ड कन्डिसनमा क्लिक गरेर डिम्याट खाताको लागि अप्लाइ गर्न सकिन्छ ।

अनलाइनबाट डिम्याट खाता खोल्दा निम्न विवरणहरु अनिवार्य रुपमा दुवै कान स्पष्ट देखिने गरी हालसालै खिचेको पासपार्ट साइजको फोटो हुनुपर्छ । यसैगरी, दस्तखत अपलोड गर्दा सादा पेपरमा कालो पेनले गर्नु पर्छ । नागरिकताको फोटोकपी अपलोड गर्दा स्पष्ट रुपमा बुझिने हुनुपर्छ ।

औंठा छाप अपलोड गर्दा सादा पेपरमा कालो मसिले गरेर मात्र प्रयोग गर्नु पर्छ । लोकेसन म्याप अपलोड गर्दा आफू हाल बसोबास गरिरहेको कुनै प्रचलित स्थान समेत स्पष्ट उल्लेख गर्नुपर्छ ।

नाबालक (१८ वर्षभन्दा कम) को हकमा जन्मदर्ता प्रमाणपत्रका साथै संरक्षकको समेत हालसालै खिचेको पासपोर्ट साइजको फोटो तथा नागरिकता प्रमाणपत्र अनिवार्य हुनुपर्छ ।

हातले कोरिएको प्रष्ट लोकेसन म्याप अपलोड गर्नु पर्छ । गुगल म्यापको स्क्रिनसट मान्य हुदैन ।

‘एन आई सी एशिया विद्यार्थी डिम्याट खाता योजना’ अन्तर्गत निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो सेयर खाता खोल्नको लागि अनिवार्य रुपमा विद्यार्थी परिचयपत्र अपलोड गर्नुपर्छ । हातले कोरिएको स्पष्ट सिग्नेचर अपलोड गर्नुपर्छ ।

डिम्याट खाता खोल्दा खातावालाको नाम, नागरिकता नम्बर, नागरिकता जारी मिति र स्थानको विवरण सच्याउन परेमा सीडीएससीलाई भुक्तानी गर्नुपर्ने शुल्क स्वयंम खातावालाले व्योहोर्नु पर्ने छ । त्यसको लागि एक सय रुपैयाँ शुल्क भुक्तानी गर्नु पर्छ ।

अनलाइन मार्फत डिम्याट खाता खोल्ने ग्राहकले डिम्याट खाता खोलेको मितिले १५ दिनभित्र अनिवार्य रुपमा एन आई सी एशिया क्यापिटल वा एन आई सी एशिया बैंकको कुनै पनि शाखा कार्यालयमा सक्कल नागरिकतासहित स्वयंम उपस्थित हुनुपर्ने छ ।

 

comments powered by Disqus

वैशाख २ देखि ३३ ब्रोकर कम्पनीले नयाँ टिएमस टेस्ट गर्ने, मोबाइलबाटै कारोबार,के छन् अरू नयाँ फिचर ?

Mar 17, 2023 06:09 AM

सुवास निरौला

लामो समयदेखि नयाँ टिएमएसको पर्खाइमा रहेका लगानीकर्ताको पर्खाइ आउने वैशाख देखि सकिने  भएको छ।