शेयर बजारमा देखिएन सुधार, 'पर्ख' र 'हेर' कै अवस्थामा लगानीकर्ता

Mar 16, 2023 03:15 PM Merolagani



बिहीबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। बजारले गति लिन नसक्दा लगानीकर्ता पर्ख र हेरकै अवस्थामा देखिएका छन्।

यसदिन नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा झरेको छ भने कारोबार रकम पनि १ अर्ब १४ करोड रुपैयाँमा झरेको छ। यसदिन १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँ बराबरको ३४ लाख २ हजार २६७ कित्ता शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूह मध्ये लगानी र ब्यापार उपसमूह बाहेक अन्य ११ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

बिहीबार युनिक नेपाल लघुवित्त र सुभम पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने किसान लघुवित्त र विन लघुवित्तको पनि ४ प्रतिशतले बढेको छ।

यता लक्ष्मी लघुवित्तको सबैभन्दा धेरै ५.७६ प्रतिशतले घटेको छ भने नयाँ सारथि लघुवित्त, प्रभु लाइफ, ग्रिन डेभलपमेन्ट बैंकको पनि शेयरमूल्य ४ प्रतिशतले घटेको छ।

बिहीबार एनआइसि एशिया बैंकको सबैभन्दा धेरै ४ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नविल बैंकको ३ करोड ९५ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ७७ लाख र नेपाल लाइफको ३ करोड २२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।