एक वाणिज्य बैंक सहित दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

Mar 16, 2023 04:28 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक वाणिज्य बैंक सहित दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार प्राइम कमर्सिलय बैंक (PCBL) र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस दिन प्राइम कमर्सिलय बैंकको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाको पनि ३९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले पनि शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

नेप्सेमा सूचीकृत दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किबेच गर्न सकिनेछ ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।