एक वाणिज्य बैंक सहित दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

Mar 16, 2023 04:28 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक वाणिज्य बैंक सहित दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहीबार प्राइम कमर्सिलय बैंक (PCBL) र गुराँस लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस दिन प्राइम कमर्सिलय बैंकको ७४ लाख ६२ हजार ५२९.१२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाको पनि ३९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले पनि शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

नेप्सेमा सूचीकृत दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किबेच गर्न सकिनेछ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।