हकप्रद निष्काशनको अनुमति माग्दै मल्टीपर्पस फाइनान्स बोर्ड पुग्यो

Mar 16, 2023 06:25 PM Merolagani



हकप्रद निष्काशनको लागि अुनमति माग्दै मल्टीपर्पस फाइनान्स लिमिटेड (MPFL) नेपाल धितोपत्र बोर्ड पुगेको छ । हकप्रद निष्काशनको लागि फाइनान्सले फागुन २९ गते बोर्डमा आवेदन दिएको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने बोर्डमा आवेदन दिएको हो । फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

फाइनान्स सञ्चालक समितिको गत असोज ६ गते बसेको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।