हकप्रद निष्काशनको अनुमति माग्दै मल्टीपर्पस फाइनान्स बोर्ड पुग्यो

Mar 16, 2023 06:25 PM Merolagani



हकप्रद निष्काशनको लागि अुनमति माग्दै मल्टीपर्पस फाइनान्स लिमिटेड (MPFL) नेपाल धितोपत्र बोर्ड पुगेको छ । हकप्रद निष्काशनको लागि फाइनान्सले फागुन २९ गते बोर्डमा आवेदन दिएको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको १ः०.३५ अनुपातमा अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने बोर्डमा आवेदन दिएको हो । फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

फाइनान्स सञ्चालक समितिको गत असोज ६ गते बसेको बैठकले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।