सुपरिवेक्षकीय सूचना प्रणाली राष्ट्र बैंकलाई हस्तान्तरण, सुपरिवेक्षकीय क्षमता अभिवृद्धि हुने

Mar 17, 2023 12:37 PM Merolagani



नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘सुपरिवेक्षकीय सूचना प्रणाली राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ।

काठमाडौंमा आयोजित एक समारोहका बीच बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसीडीओ) का विकास निर्देशक पीप्पा बर्डले उक्त प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गरेका हुन्।

बेलायती सहयोग नियोगको वित्तीय क्षेत्र स्थायित्व कार्यक्रम (एफएसएसपी) को वित्तीय सहयोगमा एसआईएस निर्माण गरिएको हो ।

कार्यक्रममा गभर्नर अधिकारीले एसआईएसको कार्यान्वयनसँगै बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा प्रवेश गरेको बताए। वित्तीय क्षेत्रको प्रभावकारी नीति तर्जुमा र कार्यान्वयनको निम्ति विश्वसनीय र यथार्थ तथ्याङ्क आवश्यक पर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले एसआईएसले त्यो आवश्यकतालाई परिपूर्ति गर्ने बताए।

सो अवसरमा एफसीडीओका निर्देशक बर्डले एसआईएसको कार्यान्वयनबाट राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको निम्ति बेलायत सरकार सधैँ प्रतिबद्ध रहेको बताए।

सो अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एसआईएसको कार्यान्वयन नेपालको वित्तीय प्रणालीको निम्ति ‘कोसे ढुङ्गा’ सावित भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा बैंक तथा वित्तीय संस्थाबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

‘सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस)’ अनलाइन प्रविधिमा आधारित रिपोर्टिङ सिस्टम हो। बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा नियमित रूपमा रिपोर्टिङ गर्नुपर्ने तथ्याङ्क र सूचना यसै प्रणालीमार्पmत पेश गर्दछन् ।

स्वचालित प्रणालीबाटै ती तथ्याङ्कको प्रशोधन गरिन्छ । एसआईएसको कार्यान्वयनबाट सुपरिवेक्षकीय प्रणाली आधुनिक, स्वचालित र थप प्रभावकारी बन्न पुगेको सरोकारवालाहरूको विश्वास छ । एसआईएसको कार्यान्वयनबाट नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकीय प्रणाली थप सबल, वस्तुनिष्ठ तथा प्रभावकारी बन्ने र यसबाट वित्तीय क्षेत्रको स्थायित्वमा योगदान पुग्ने अपेक्षासमेत गरिएको छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।