गगन थापाले अर्थमन्त्री नबन्ने भने पछि लगानीकर्ताकाे मनाेवल खस्केकाे छ: छाेटेलाल राैनियारकाे विचार

Mar 19, 2023 06:06 PM Merolagani

छोटेलाल रौनियार

शेयर बजार राजनीतिक कुराले धेरै नै प्रभावित भएको छ। अहिले लगानीकर्ताले ३-४ वटा कुरालाई कुरिरहेका छन्। राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव सकिएको छ। अब नयाँ सरकार र मन्त्रीहरुको पर्खाइ छ।

नयाँ सरकारमा शेयर बजारको चासो भनेको अब अर्थमन्त्री को आउँछन भन्ने हो। केहि समय अघिसम्म नेपाली काँग्रेसका गगन थापा अर्थमन्त्री बन्ने कुरा थियो। तर उनले अर्थमन्त्री नबन्ने भनेपछि पनि लगानीकर्ताको मनोबल केही गिरेको हो।

अब नयाँ अर्थमन्त्री काँग्रेसबाटै आउने सम्भावना छ। नयाँ अर्थमन्त्री आएपछि अर्थमन्त्री र प्रधानमन्त्रीको गभर्नरसँगको सम्बन्ध र उसले लिने नीतिमा पनि शेयर बजार भर पर्छ।

यसअघि पनि गभर्नर महाप्रसाद अधिकारी कै नीतिको कारण पूँजी बजारमा नकारात्मक असर परेको छ। अब नयाँ सरकार आएपछि पनि गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकमा लिने नीतिले पूँजी बजारलाई प्रभाव पर्छ।

गत डेढ वर्षमा लगानीकर्ताको करिब १५ खर्ब सम्पति गुमेको छ। ४४ खर्ब माथि पुगेको बजार पूँजीबजार अहिले ३० खर्बभन्दा तल झरेको छ।

अहिले शेयर बजार मात्रै होइन उद्योग व्यापार सबै डगमगाएको अवस्था छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासमा लिने नीति र त्यसभन्दा अघि लिने नीतिहरुले पूँजीबजारलाई प्रभाव पार्ने छ।

दोस्रो त्रैमासमा पनि लगानीकर्ताले धेरै मागहरु राखेका थिए। तर त्यो मागहरु पुरा भएनन्। त्यसको पछाडि राजनीतिक चलखेलको नै असर देखिन्छ।

नेपालको पूँजी बजारमा राजनीतिले धेरै असर गर्ने गरेको छ। राजनीतिक रुपमा धेरै नै चलखेल भएको छ।

संसारका अन्य देशमा पनि राजनितिक कारणले केहि असर गर्छ तर नेपालमा अलि बढी नै असर गर्ने गर्छ।
बजारमा लगानीकर्ताको मनोविज्ञान कमजोर भएको अवस्था छ। यसमै खेलेर केहिले बजारलाई बढी नै घटाउन खोजिरहेका छन्।  स्वायत्त निकाय भएर सुधारको नीति लिनुपर्नेमा राष्ट्र बैंक पनि राजनीतिक रुपमा प्रभावित भएको जस्तो देखिन्छ।

शेयरबजारमा विद्यार्थीदेखि,गृहिणी,साना ठुला व्यवसायी सबैको लगानी छ। पूँजी बजारको सुधार नगरी अर्थतन्त्र नै सहज हुन गाह्रो छ। पूँजीबजार घट्दा यसले उद्योगी व्यवसायीलाई पनि असर गरिरहेको छ।

लगानीकर्ताले कम्पनीको अवस्था नाफा घाटाको आधारमा लगानी गर्नुपर्नेमा बजारमा चलखेल र बदमासी बढी हावी भएको छ।

सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासिक विवरण पनि आउने समय हुन लागेको छ। तेस्रो त्रैमासमा खराब कर्जा बढ्ने आँकलन गरिएकोले पनि त्यसले पनि बजारलाई केहि असर गर्न सक्छ।

  • पूँजीबजारको सुधारको लागि गर्नुपर्ने काम

मुख्य कुरा अर्थमन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से, सिडिएससीले लिने नीतिमा नै पूँजी बजार भर पर्छ। पूँजी बजारको हालको अवस्था हेरेर नीति तर्जुमा गरिनुपर्छ।

पूँजीबजारको सुधारको लागि शेयर धितो कर्जामा कायम भएको १२ करोडको सिमा र १५० प्रतिशतको जोखिम भारलाई संशोधन गरिनुपर्छ।

तरलतालाई सहज बनाउने र ब्याजदर घटाउने नीतिहरु राष्ट्र बैंकले लिनुपर्छ। त्यो भयो भने केहि सहज अवस्था आउँछ।

शेयर बजारमा लाग्दै आएको पूँजीगत लाभकरलाई पनि केहि समयको लागि ५ प्रतिशत गरिनुपर्छ। यसले सरकारको लाभकर झनै बढ्छ।

  • आउने अर्थमन्त्रीले अर्थतन्त्र सुधार्न पूँजीबजारलाई उकास्नु आवश्यक

अव आउने अर्थमन्त्रीले पूँजीबजारको सुधार नगरी अर्थतन्त्रको सुधार हुँदैन। हरेक उद्योगी व्यवसायीको पनि शेयर बजारमा पैसा गुमेको छ। पूँजीबजारको सुधार गरेर अर्थतन्त्रकै सुधार गर्न सकिन्छ।

अर्थमन्त्रालय र राष्ट्र बैंकले अहिलेको अवस्थामा उदार नीति लिएर आउनुपर्ने अवस्था छ। अहिलेका नीतिहरुलाई केही खुकुलो पारेर नीति ल्याउनुपर्छ। यसले मात्रै पूँजीबजार र समग्र अर्थतन्त्रको सुधार हुन सक्छ।

 

(लगानीकर्ता छोटेलाल रौनियारसँग मेरोलगानीका रबिन पौडेलले गरेको कुराकानीमा आधारित लेख)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।