भएकै ग्राहक जोगाउन सक्दैन् टेलिकम, २० हजार प्रयोगकर्ताले छोडे एफटीटीएच

Mar 19, 2023 06:04 PM Merolagani



युबराज बस्नेत

कुनै समय (फाइबर टु दी होम) एफटीटीएच वितरणमा आक्रमक भनिएको नेपाल टेलिकमले एक बर्षमा २० हजार ग्राहक गुमाएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो रिपोर्ट अनुसार बर्ष दिनमै १९ हजार ९९० जना एफटीटीएच प्रयोगकर्ताले नेपाल टेलिकमका फाइबर सेवा प्रयोग गर्न छोडेका छन ।

प्राधिकरणले तयार पारेको ०७८ मंसिरदेखि गत मंसिरसम्मको रिपोर्टमा नेपालको इन्टरनेट उद्योगमा पछि प्रवेश गरेका कम्पनीले आक्रमक सेवा विस्तार गरिरहेका छन् ।

तर, टेलिकमले प्रमुख आम्दानीको स्रोतको रुपमा अघि बढाएको एफटीटीएच सेवा पछिल्लो समय खस्किदै गएको छ । मंसिरसम्म नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा लिने दुई लाख ८९ हजार पुगेका छन । जबकी गत बर्ष नै यो संख्या तीन लाख माथि थियो ।

०७८ मंसिरसम्म टेलिकमका एफटीटीएच ग्राहक तीन लाख ९ हजार ४५५ जना पुगेका थिए । हाल टेलिकम नेतृत्व एफटीटीएच सेवा विस्तारमा चुक्दै गएको छ । 

गत एक बर्ष अघि मात्रै इन्टरनेट बजारमा प्रवेश गरेको आईएमई समुह अन्तर्गतको डिसहोम नेट दुई लाखको क्लबमा पुग्न थालेको छ ।

गत बर्षसम्म डिसहोम नेटका ग्राहक ४४ हजार थिए । तर, अहिले आक्रमक सेवा विस्तार र अन्य सेवाप्रदायकको भन्दा कम मूल्यमा इन्टरनेट प्याकेज उपलब्ध गराउँदै एक लाख ९५ हजार जना नयाँ प्रयोगकर्ता पुर्याइसकेको छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमका भने दिन प्रतिदिन प्रयोगकर्ता नयाँ इन्टरनेट कम्पनीमा सिफ्ट हुँदै गएका छन । ‘एफटीटीएच लगायतका सेवामा एमडीले कुनै चासो नै दिनुभएको छैन’ ती अधिकारीले भने ‘नयाँ बिस्तार गर्न त सकेनौं भएका ग्राहकलाई पनि रोक्न सक्ने अवस्था छैन ।’ 

टेलिकमको एफटीटीएच गुणस्तरीय भएपनि मेन्टिनेन्सको प्रक्रिया झन्झटिलो र कम्पनीबाट तत्काल कुनै ‘रेस्पोन्स’ नआउने गुनासो बढ्दै गएका छन । टेलिकमको एफटीटीएच प्रयोगकर्ता घटेको तथ्याङ्कले पनि टेलिकम नेतृत्व सेवा विस्तारमा गम्भिर नभएको प्रष्ट देखाउछ ।

यस अघिका पूर्व प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकमको एफटीटीएचलाई ‘गेमचेन्जर प्रोजेक्ट’ को रुपमा अघि बढाएका थिए । उनको कार्यकालमा टेलिकमको फाइबर इन्टरनेट दैनिक हजारौंको संख्यामा वितरण हुने गरेको थियो ।

तर, अहिलेका प्रबन्ध निर्देशक पौडेल आएपछि यो संख्या शुन्यमै झरेको टेलिकम भित्रैका कर्मचारी बताउछन ।

सञ्चार मन्त्रालयले गरेको चालु आर्थिक बर्षको गत पुसमसान्तसम्म टेलिकमको कार्यसम्पादन मुल्याङ्कनमा समेत कमजोर औल्याएको छ । उक्त मुल्याङ्कमा चालू आर्थिक बर्षको तुलनामा अघिल्लो आव एफटीटीएच बितरण बढी भएको र यो बर्ष निकै कम भएको उल्लेख छ ।


टेलिकम बाहेक अन्य निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकले बर्ष दिनमै दुई लाख बढी प्रयोगकर्ता बढाएको तथ्याङ्कले देखाएको छ । जसमा वल्र्डलिंङक, डिसहोम, क्लासिकटेक लगायतका कम्पनीले आक्रामक बजार विस्तार गरिरहेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।