आगामी वर्ष बैंकका कर्मचारीलाई ४० दिन विदा

Mar 23, 2023 03:41 PM Merolagani



आगामी वर्ष बैंकका कर्मचारीलाई ४० दिन बिदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८० सालको लागि बिदाको सूचीमा शनिबार बाहेक ४० दिन बिदा हुने उल्लेख छ ।

बिदाको दिन पनि नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितीमा खुला हुने छ ।

केहि बिदा भने सरकारले घोषणा गरेको विदा अनुसार निर्धारण गरिने छ।

केन्द्रिय बैंकले बैंकिङ्ग कार्यलय समय भने बैशाख १ देखि कात्तिक १५ सम्म र माघ १६ देखि चैतसम्म् बिहान १० बजेदेखि ५ बजेसम्म हुने छ भने कात्तिक १६ देखि माघ १५ सम्म १० बजेदेखि ४ बजेसम्म हुने छ। शुक्रबार भने १० बजेदेखि साढे १ बजेसम्म हुने छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।