लाभांश संशोधन गर्दै जीवन विकास लघुवित्तले डाक्यो साधारण सभा

Mar 24, 2023 09:25 AM Merolagani



जीवन विकास लघुवित्त (JBLB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गर्दै साधारण सभा बोलाएको छ।

लघुवित्तले चैत ३० गते आफ्नो केन्द्रिय कार्यालय, कटहरी २, मोरङ्गमा चौथो वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १४.२८५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७१४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यस अघि लघुवित्तले २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ७.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सो लाभांश संशोधन गरी लाभांशदर घटाएर साधारण सभा बोलाएको हो।

यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर वा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले चैत १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।