विश्व वित्तीय सप्ताह २०२३: प्रभु क्यापिटलद्वारा सचेतना अभिवृद्धि प्रशिक्षण कार्यक्रम सञ्चालन

Mar 26, 2023 11:14 AM Merolagani

विश्व लगानीकर्ता सप्ताह–२०२३ का अवसरमा पूँजी बजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गर्ने उद्धेश्यले प्रभु क्यापिटल लिमिटेड(PBCL)ले काठमाडौंको मैतिदेवी स्थित यूनिभर्सल कलेजका बीबीएमा अध्ययनरत विद्यार्थीकालागि चेतनामूलक कार्यक्रम आयोजना गरेको छ ।

कलेजका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटलका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई शेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, शेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफल सम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका हुन् ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा शेयर तथा पुँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

comments powered by Disqus

सर्वाेच्च अदालतमा ओलीको ‘किचन क्याविनेट’ का सदस्यले बलजफ्ती गरेपछि रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी प्रकरण थप गिजोलिंदै

Jun 21, 2024 01:44 PM

कानुनका नौ सिङ भन्ने कुरा त सुनिएको थियो । तर, वकिलले चाहे भने मुद्दालाई कसरी घुमाइदिन सक्छन् भन्ने दृष्टान्त गृहमन्त्री रवि लामिछाने ‘अभियुक्त’ रहेको सूर्यदर्शन सहकारी प्रकरणमा देखिन थालेको छ ।