आफुलाई चन्द्र ढकालको समर्थन रहेको रामचन्द्र संघाईको दाबी, भन्छन ‘छिट्टै उम्मेदवारी घोषणा गर्छु’

Mar 26, 2023 12:51 PM Merolagani

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले बरिष्ठ उपाध्यक्षमा आफुलाई चन्द्र ढकालको समर्थन रहेको दाबी गरेका छन । धनगढीमा आइतबार आयोजित उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको सभामा उपाध्यक्ष संघाईले यस्तो बताएका हुन् ।

महासंघको भावी नेतृत्वका लागि टिमसहित छिट्टै वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्ने समेत बताए ।

महासंघको गरिमालाई थप उचो बनाउन र ‘सम्मानित निजी क्षेत्र समृद्ध नेपाल’ को लक्ष्य हासिल गर्न वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहने उनको दावी छ । 

यस अघिको निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालकै टिमबाट एशोसियट तर्फको उपाध्यक्षमा निर्वाचित संघाईले ढकालको समर्थन समेत प्राप्त हुने उल्लेख गरे ।

‘महासंघको अबको नेतृत्व उद्योगी व्यवसायीका समस्या राम्रोसँग बुझ्न र महशुस गर्न सक्ने,रोजगारी सृजना गर्नसक्ने,उत्पादन वढाउन सक्ने एवं सरकार समक्ष हाम्रा समस्या समाधानमा पहल गर्नसक्ने हुनुपर्छ’ संघाईले भने ।

कार्यक्रममा संघाईले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान अनुसार उद्योग वाणिज्य महासंघले तीनै तहका सरकारहरुसँग सहकार्य र हातेमालो गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रदेश समितिहरुको भूमिका थप वढाउन जरुरी रहेको समेत बताए ।

साना तथा मझौला उद्यमी व्यवसायीहरुले भोग्नु परिरहेका समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै संघाईले उद्यमी व्यवसायीलाई व्याजै तिर्न नसक्ने अवस्थाबाट कसरी मुक्ति दिने भन्ने बिषयमा समेत गृहकार्य भइरहेको उनको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले व्याजदर घटाउन निर्देशन दिएको र बैंकहरुले पनि त्यसको थालनी गरिसकेकोले समाधान निस्कने विश्वास संघाईको रहेको छ ।

संघाईले श्रमिक र रोजगारदाताबीच आपसी सम्बन्ध सुमधुर बनाउँदै उत्पादन बढाउने,व्याजदर स्थिर राख्ने, पूर्वाधारको विकास तथा विद्युतीय उर्जालाई सस्तो मुल्यमा २४ सै घण्टा आपुर्ति हुने वातावरण तयार गर्ने एवं साना तथा मझौला व्यवसायीलाई विना धितो कर्जा उपलब्ध गराएर उद्यमशीलताको विकास गर्ने भिजन २०३० को कार्यान्वयन नै अबको महासंघको नया नेतृत्वको मुल प्राथमिकता हुनुपर्ने बताएका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।