लाइका क्यामेरासँग को–इन्जिनियर गरिएको शाओमी १३ प्रो प्रि–बुकिङको लागि उपलब्ध

Mar 26, 2023 01:03 PM Merolagani

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले फ्ल्यागशिप स्मार्टफोन, शाओमी १३ प्रो (Xiaomi 13 Pro) को प्रि–बुकिङ सुरु गरेको छ । बन्डल अफरको रूपमा शाओमी नेपालले शाओमी १३ प्राेसँगै Xiaomi 50W वायरलेस चार्जिङ स्ट्यान्ड पनि प्रदान गरिरहेको छ । प्रि–बुकिङ ९ चैत देखि २० चैतसम्म खुल्ला हुनेछ ।

अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर,अमित कुमार पंडाले भने, “हाम्रो यो सफलता हाम्रा शाओमी फ्यानहरूकै मायाको परिणाम हो । उनीहरूको समर्थनले नै शाओमी यो उचाइमा पुग्न सफल भएको छ ।"

लिका क्यामेरासंग को–इन्जिनियर गरिएको शाओमी १३ प्राेले प्रो–ग्रेड लेन्सको साथ मास्टर–लेभल फोटोग्राफी प्रदान गर्दछ । नवीनतम Snapdragon® 8 Gen 2, प्रिमियम फ्ल्यागशिप प्रदर्शनको साथ डिजाइन र बेस्ट–इन–क्लास डिस्प्ले समावेश भएको १२० वाट हाइपर चार्ज र ४,८२० mAh ब्याट्री संग सुसज्जित यो स्मार्टफोन मात्र १९ मिनेटमा १००% ब्याट्री चार्जिङ समर्थन गर्दछ ।

शाओमी नेपालले खरिद गरिएको मितिदेखि ग्राहकहरुलाई २४ महिनासम्म सेवा शुल्क छुट गरेको छ । शाओमीका फ्यानहरूले नबिल बैंकमार्फत ०% ईएमआईमा यो अफर लिन सकिनेछ । शाओमी १३ प्राे, १२+२५६ जीबी भेरियन्टमा सेरामिक ह्वाईत र सेरामिक ब्ल्याक गरि दुई भिन्न रङहरू उपलब्ध हुनेछ । मात्र ५००० रूपैयाँमा प्रि–बुक गर्न सकिने शाओमी १३ प्राे प्रि अर्डर गर्दा शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क पाउन सकिनेछ । शाओमी १३ प्राेको मूल्य एक लाख २९ हजार ९९९ रूपैयाँ रहेको छ र सर्बत्र उपलब्ध छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।