सात जीवन बीमा कम्पनीकाे बोनस दर सार्वजनिक, कुन को कति?

Mar 26, 2023 02:04 PM Merolagani

नेपालमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीमध्ये ७ वटा (मर्जरमा गएका सहित) कम्पनीले बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को लागि बीमितले पाउने बोनस दर सार्वजनिक गरेका हुन् ।

हालसम्ममा सिटिजन लाइफ, सन नेपाल लाइफ, साविकको ज्योति लाइफ, आइएमई लाइफ, साविकको सूर्या लाइफ, मेट लाइफ र एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को लागि बोनसदर सार्वजनिक गरेका हुन् ।

सात जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा समितिबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।

बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुनेछ ।

कुन कम्पनीको कति?

सिटिजन लाइफ इन्स्योरेन्सको बीमांकीय प्रतिवेदन बीमा समितिबाट फागुन २९ गते स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार कम्पनीको अग्रमि भुक्तानी सावधिक (रेगुरल) जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

यस्तै सावधिक जीवन बीमा लेख (रेगुलर) मा बीमितले प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखमा न्युनतम ३५ रुपैयाँ देखि ७५ रुपैयाँसम्म र सिटिजन बाल भविष्य योजना (सावधिक) बीमालेखमा न्युनतम ४२ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्युनतम २२ रुपैयाँ देखि ३८ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा न्युनतम ३८ रुपैयाँ देखि ७५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट फागुन १६ गते स्वीकृत भएपछि बीमितलाई दिइने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सनलाइफ सावधिक जीवन बीमा लेख, भाग्योदय जीवन बीमालेख ९एकल भुक्तानी सावधिक०, बाल समृद्ध जीवन बीमालेख ९बालवालिकाको सावधिक जीवन बीमा० र सुनौलो सावधिक जीवन बीमा लेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन ।

यस्तै कम्पनीले नवीन आजीवन बीमालेख ९सावधिक तथा आजीवन० मा बीमा अवधिको आधारमा न्युनतम ३८ रुपैयाँ देखि ७५ रुपैयाँ, सार्थक आजीवन बीमालेख ९अग्रिम भुक्तानी तथा आजीवन० मा सबै अवधिको लागि ४२ रुपैयाँ, सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु ९धनलक्ष्मी बीमा योजना समेत० र धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमामा बीमितले बीमा अवधि अनुसार न्युनतम २९ रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनस पाउनेछन् ।

साविकको ज्योति लाइफ इन्स्योरेन्सले पनि कम्पनीको आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट माघ २३ गते स्वीकृत भएसँगै बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले सावधिक बीमा योजना र सावधिक तथा आजीवन बीमा योजनामा बीमामा बीमा अवधिअनुसार बीमितले प्रतिहजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर पाउउनेछन् ।

यस्तै, अग्रिम भुक्तानी जीवन बीमा योजनाको लागि इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ४३ रुपैयाँ र अधिकतम ५० रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी बीमा योजनामा प्रतिहजार न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँसम्म बोनसदर दिने भएको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । त्यस अनुसार २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रति हजार बीमाङ्कका रकममा बिमतहरूले वोनस दर पाउनेछन् ।

कम्पनीले बीमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

सावधिक तथा सामुहिक जीवन बीमालेखमा न्युनतम ३२ रुपैयाँ देखि ७० रुपैयाँसम्म, सावधिक/अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार ३२ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमितले ३० रुपैयाँ देखि ६३ रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी सावधिक ९धन सरिता० अन्तरगतका सबै अविधमा बीमालेखमा २० रूपैयाँ बोनसदर सार्वजनिक गरेको छ ।

साविकको सूर्या लाइफ इन्स्योरेन्सले पनि आर्थिक वर्ष २०७८/७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणबाट माघ ११ गतेको पत्रबाट स्वीकृत भएपछि २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ ।

कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस पाउनेछन् ।

यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ४० रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा न्युनतम ४५ रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम एकल भुक्तानीमा ७५ रुपैयाँ देखि ९० रुपैयाँसम्म कम्पनीले बीमितलाई बोनस विरतण गर्नेछ ।

एशियन लाइफ इन्स्योरेन्सले कम्पनीको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणबाट माघ १० गते स्वीकृत भएपछि आर्थिक वर्ष २०७८/७८ को लागि बीमितलाइ दिने बोनस दर सार्वजनिक गरेको छ ।

त्यस अनुसार २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा बीमा योजना र बीमा अवधिका आधारमा बीमितहरूले प्रतिहजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर पाउनेछन् ।

कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ४५ रुपैयाँदेखि ६० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ५० रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् ।

यस्तै नवरन्त, जीवन संजीवनी, दाम्पत्ति सुरक्षा प्ल्स, एशियन वार्षिक धन लाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्युनतम ४२ रुपैयाँ देखि ५० रुपैयाँसम्म बोनस पाउनेछन् ।

अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी (मेटलाइफ) ले आर्थिक वर्ष २०७८/७९ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय मूल्यांकनको आधारमा मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने छन् ।यस्तै शिक्षा संरक्षण बीमा योजनामा पनि न्युनतम ६० रुपैयाँ देखि ८० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना न्युनतम ४५ रुपैयाँ देखि ६५ हजार रुपैयाँ बोनस पाउने छन् ।

के हो बोनस दर र कसरी वितरण गरिन्छ ?

बीमा कम्पनीहरुले हरेक वर्ष बीमित ग्राहकलाई दिने बोनस दरको घोषणा गर्ने गर्छन् । बोनस दर बीमा कम्पनीहरुले आफुले आर्जन गरेको कुल बीमांकको रकममा निर्भर रहने गर्छ ।

बोनस वितरण गर्दा मृत्यु दर, बीमा कम्पनीको खर्च, र भविष्यमा तिर्नु पर्ने ब्याज जस्ता सम्पूर्ण रकमहरु कटाएर वितरण गर्ने गरिन्छ । कम्पनीले प्राप्त गर्ने सबै पूँजी स्रोतमा तिर्नु पर्ने सम्पूर्ण दायित्व घटाएर उब्रने रकम ९सरप्लस० लाई नै बोनसको रुपमा वितरण गरिन्छ ।

बीमा कम्पनीले बर्षभरिमा संकलन गरेको बीमांक रकमको प्रतिहजारको दरमा बोनस घोषणा गर्ने गर्छन् । केही बीमा कम्पनीहरुले यो रकम बीमा अवधिमै वितरण गर्छन भने कतिपयले बीमा अवधिको समाप्ति पश्चात पनि प्रदान गर्छन् । बोनस दर हरेक वर्ष परिवर्तन हुन सक्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।