शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

Mar 26, 2023 05:02 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्योरेन्स (SICL) को बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ३६ लाख ८८ हजार ६६० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत कम्पनीको बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।