चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति?

Mar 28, 2023 03:38 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेको इन्स्योरेन्स (NIL), अपि पावर, आरएसडिसी लघुवित्त र साधाना लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस दिन नेको इन्स्योरेन्सको २६ लाख २४ हजार ८१८.२० कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको १५ प्रतिशत बराबरको सो बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

अपि पावर कम्पनी लिमिटेड (API) को पनि २८ लाख ८३ हजार ६८६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) को पनि ६ लाख ४४ हजार १२४.५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यसैगरी साधाना लघुवित्त वित्तीय संस्था (SDLBSL) को पनि ६ लाख १० हजार ३२८.४५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तले शेयरधनीलाईलाई गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत चार वटै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।