चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति?

Mar 28, 2023 03:38 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेको इन्स्योरेन्स (NIL), अपि पावर, आरएसडिसी लघुवित्त र साधाना लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस दिन नेको इन्स्योरेन्सको २६ लाख २४ हजार ८१८.२० कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको १५ प्रतिशत बराबरको सो बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

अपि पावर कम्पनी लिमिटेड (API) को पनि २८ लाख ८३ हजार ६८६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै आरएसडिसी लघुवित्त वित्तीय संस्था (RSDC) को पनि ६ लाख ४४ हजार १२४.५९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यसैगरी साधाना लघुवित्त वित्तीय संस्था (SDLBSL) को पनि ६ लाख १० हजार ३२८.४५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । लघुवित्तले शेयरधनीलाईलाई गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेमा सूचीकृत चार वटै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।