नेशनल माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Apr 16, 2023 06:00 AM Merolagani



बैशाख ३ गते, आइतबार, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (NMFBS) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात बैशाख ४ गतेदेखि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

लुघवित्तले बैशाख १५ गते बिहान ११ बजे, धादिङ्ग क्रिक रिसोर्ट, धादिङ्गबेशीमा नवौं वार्षिक साधारण सभा बोलाएको छ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

हाल कायम चुक्ता पूँजी १५ प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ६७ करोड ४६ लाख ७६ हजार रुपैयाँ पुग्नेछ।

सभाले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी भएको प्रारम्भिक सहमतिपत्र तथा दुबै संस्थाहरुको सम्पति दायित्व तथा पछिल्लो कारोबारको मूल्यांकन गर्नको लागि संयुक्त मर्जर कमिटिले गरेको लेखापरीक्षकको नियुक्तलाई समेत अनुमोदन गर्नेछ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।