नेपालमा आयो महिन्द्रा एक्सयुभी ३००, शुरूवाती मूल्य ४२ लाख, कस्ताे छ गाडी ?

Apr 19, 2023 05:48 PM Merolagani



नेपाली बजारमा महिन्द्रा एक्ययुभी ३०० गाडी सार्वजनिक भएकाे छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारीक वितरक अग्नी समुहले बाेल्ड डिजाइनकाे एक्सयुभी सेगमेन्टकाे गाडी सार्वजनिक गरेकाे हाे ।

महिन्द्राका कार्यकारी निर्देशक अर्जुन शर्मालेले नेपालमा छिट्टै ल्याउन चाहेपनि ६ महिना बढी लागेकाे बताए। उनले भारतमा ६ महिना अघिनै सार्वजनिक गरेपनि अत्याधिक माग हुँदा नेपालमा भने ढिलाे भएकाे बताएका हुन्।

महिन्द्राका डेप्युटी सेल्स डाइरेक्टर बरदान बस्नेतले  यसकाे शुरूवाती मूल्य ४२ लाख ९५ रूपैयाँमा रहेकाे जानकारी गराए। अधिकतम मूल्य ६० लाख रूपैयाँ ताेकेकाे छ।

बस्नेतले अटाेबजारमा देखिएकाे सुस्ततालाई हटाई चलायमान बनाउन सहयाेग पुग्ने बताए। महिन्द्रा एक्सयुभी ३०० काे इन्जिन १.२ लिटरमा उपलब्ध रहेकाे छ। ग्लाेबल इन्क्यापकाे टेष्टमा ५ स्टार सेफ्टी रेटिङ पाएकाे छ। केही समयअघि मात्रै महिन्द्राले एक्सयुभी ७०० नेपालमा सार्वजनिक गरेकाे थियाे।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।