नेपाल एसबिआई बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो

Apr 20, 2023 04:43 AM Merolagani

नेपाल एसबिआई बैंक लिमिटेड (SBI) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ८० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.७७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३०.७५ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३८.४५ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १६ करोड रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६ रुपैयाँ ६३ पैसा बढेर २३ रुपैयाँ ७६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ४७ पैसा रहेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.८३ प्रतिशतविन्दु बढेर ०.९७ प्रतिशत पुगेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब १२ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा ७ अर्ब ९५ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप १७.२३ प्रतिशत बढेको छ भने कर्जा १४.०९ प्रतिशत बढेको छ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।