साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM Merolagani



वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले, यस आर्थिक वर्षको सोही अवधिसम्ममा ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ मात्र कमाउन सफल भएका छन्।

यस अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुको नाफा घटेको छ भने ७ बैंकहरु भने नाफा बढाउन सफल भएका छन्।

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा बढाउन सफल बैंक कृषि विकास बैंक रहेको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा ९७.२२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

त्यसैगरी, समीक्षा अवधिमा नाफा बढाउन सफल बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, र एभरेष्ट बैंक रहेका छन्।

नेपाल बैंकको नाफा सर्वाधिक घट्यो

नाफा घटेका १७ वाणिज्य बैंकहरुमध्ये नेपाल बैंकको नाफा सर्वाधिक घटेको छ। समीक्षा अवधिमा सो बैंकको नाफा ९२.६८ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ५ लाख मात्र नाफा कमाएको छ।

सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक

रकमका आधारमा चैतको अन्त्यसम्ममा सबैभन्दा बढी नाफा कमाउने बैंक, नबिल बैंक लिमिटेड रहेको छ। यस बैंकले सो अवधिसम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ। यद्यपि यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो।

सबैभन्दा कम नाफा कमाउने बैंक भने नेपाल बैंक रहेको छ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।