वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउने नबिल बैंक, कुन बैंकले कति नाफा कमाए?

Apr 20, 2023 08:32 AM Merolagani

बैशाख ७ गते, २१ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नबिल बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.६३ प्रतिशत बढी हो, गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो।

रकमका आधारमा ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ भने एनआईसी एशिया तेस्रो स्थानमा रहेको छ। ग्लोबलले चैत मसान्तसम्ममा ४ अर्ब ३५ करोड नाफा कमाएको छ भने एनआईसी एशियाको नाफा पनि ४ अर्बभन्दा बढी छ।

हाल सञ्चालनमा रहेका २१ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा भने कृषि विकास बैंकको रहेको छ। सो बैंकले चैत मसान्तसम्ममा १ अर्ब ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.३६ प्रतिशत कम हो।

नाफा बृद्धिदर एभरेष्ट बैंकको बढी

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा वृद्धिदर एभरेष्ट बैंकको रहेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनामा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफा समीक्षा अवधिमा ६२.६३ प्रतिशत बढेको हो। त्यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा ६०.२५ प्रतिशत बढेको छ भने नबिल बैंकको ५२.६३ प्रतिशत बढेको छ।

७ बैंकको नाफा घट्यो

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ७ वटा वाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ। जसमध्ये कृषि विकास बैंकको नाफा सबैभन्दा बढी ४५.३६ प्रतिशत घटेको छ भने सनराइज बैंकको सबैभन्दा कम ८.३३ प्रतिशत घटेको छ।

साढे ११ प्रतिशत बढ्यो बैंकहरुको नाफा

समीक्षा अवधिमा २१ वाणिज्य बैंकहरुको खुद नाफा ११.६७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका यी २१ बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।