लक्ष्मी लघुवित्तको सिइओमा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त

Apr 26, 2023 03:31 PM Merolagani



लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको बैशाख १२ गते बसेको बैठकले संस्थाका नायब महाप्रबन्धक श्रेष्ठलाई सिइओ नियुक्त गर्ने निणर्य गरेको हो ।

बैशाख १८ गते देखि लागू हुनेगरी कम्पनीले श्रेष्ठलाई आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरेको हो ।

हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माको कार्यकाल बैशाख १७ गतेदेखि कार्यकाल समाप्त हुदैछ ।

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।