आँखुखोला जलविद्युतले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने

Apr 30, 2023 11:10 AM Merolagani



आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

बैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले २० मेगावाट क्षमताको आँखुखोला –२ जलविद्युत आयोजनामा ६० प्रतिशत लगानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्प्नीले हकप्रद शेयरबापत प्राप्त ९६ करोड रुपैयाँ सो आयोजनामा लगानी गर्नेछ भने बाँकी रहेको रकम बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्नेछ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।