बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

May 07, 2023 10:29 AM Merolagani



बाराही हाइड्रोपावर पब्लिक लिमिटेड (BHPL) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीको बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले आफ्नो ५१ पतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना (३.४५ मेगावाट) र आफ्नो स्वामित्वमा रहेको ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना (०.७५ मेगावाट) को निर्माणको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरी कम्पनीले पूर्व स्वीकृतीको लागि विद्युत नियमन आयोगमा पेश गरेको छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।