बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

May 07, 2023 10:29 AM Merolagani



बाराही हाइड्रोपावर पब्लिक लिमिटेड (BHPL) ले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीको बैशाख २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। कम्पनीले आफ्नो ५१ पतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना (३.४५ मेगावाट) र आफ्नो स्वामित्वमा रहेको ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना (०.७५ मेगावाट) को निर्माणको लागि हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरी कम्पनीले पूर्व स्वीकृतीको लागि विद्युत नियमन आयोगमा पेश गरेको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।