राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द

May 12, 2023 10:55 AM Merolagani



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (RULB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरी स्वीकृतीका लागि वित्तीय विवरण सहित नेपाल राष्ट्र बैंक पठाएको थियो। तर, राष्ट्र बैंकले वित्तीय विवरण मात्र स्वीकृत गरेको र लाभांश वितरणको बारेमा केही नखुलाएको बताउँदै लाभांश रद्द गरेको हो। बैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।




सेयर बजारमा १० लाखको कारोबारदेखि ग्राहकको वास्तविक धनीसम्म निगरानी, सेबोनको नयाँ निर्देशन लागू

Oct 16, 2026 05:35 PM

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धीकरण र आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमनको दायरा थप कसिलो बनाएको छ।