राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द

May 12, 2023 10:55 AM Merolagani



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (RULB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित गरी ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरी स्वीकृतीका लागि वित्तीय विवरण सहित नेपाल राष्ट्र बैंक पठाएको थियो। तर, राष्ट्र बैंकले वित्तीय विवरण मात्र स्वीकृत गरेको र लाभांश वितरणको बारेमा केही नखुलाएको बताउँदै लाभांश रद्द गरेको हो। बैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।