विद्युत बिक्री आम्दानी घटेसँगै एशियन हाइड्रोपावरको नाेक्सानी बढ्याे

May 14, 2023 12:44 PM Merolagani



एशियन हाइड्रोपावर लिमिटेड (AHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले विद्युत बिक्रीमार्फत ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५० करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ।

विद्युत बिक्री आम्दानी घटेपनि लागत घटेका कारण कम्पनीको कुल नाफा भने ९२.६४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १४९.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२६.५० प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने २ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको नाफा १ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

सञ्चालन मुनाफा बढेपनि वित्तीय खर्च बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो। कम्पनीको वित्तीय खर्च ३ करोड ७२ लाख रुपैयाँबाट बढेर ८ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ४३ रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।