विद्युत बिक्री आम्दानी घटेसँगै एशियन हाइड्रोपावरको नाेक्सानी बढ्याे

May 14, 2023 12:44 PM Merolagani

एशियन हाइड्रोपावर लिमिटेड (AHL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनामा कम्पनीले विद्युत बिक्रीमार्फत ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५० करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ।

विद्युत बिक्री आम्दानी घटेपनि लागत घटेका कारण कम्पनीको कुल नाफा भने ९२.६४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १४९.६० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १२६.५० प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा भने २ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको नाफा १ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

सञ्चालन मुनाफा बढेपनि वित्तीय खर्च बढेका कारण खुद नाफा ऋणात्मक हुन पुगेको हो। कम्पनीको वित्तीय खर्च ३ करोड ७२ लाख रुपैयाँबाट बढेर ८ करोड ४२ लाख रुपैयाँ पुगेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ ४३ रहेको छ।

comments powered by Disqus

गभर्नरले राष्ट्र बैककै विभागीय प्रमुखहरूसँग मागे शेयर कर्जा सीमा कति बढाउने भन्ने सुझाव,फेस सेभिङकाे मुडमा गभर्नर

Sep 29, 2023 06:01 PM

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी यतिखेर चर्को दबाबमा देखिएका छन्। सरकारदेखि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले समेत सार्वजनिक मञ्चबाटै राष्ट्र बैंकसँग कुरा गर्ने भनेपछि उनी थप दबाबमा देखिएका हुन्।