Sat, Dec 13, 2025
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार कृषि विकास बैंक (ADBL), साल्ट टे्रडिङ्ग कर्पोरेशन, स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएका हुन् ।
कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । साल्ट टे्रडिङ्ग कर्पोरेशन (STC) को पनि २ लाख ५३ हजार ५३१.१९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) को २ लाख ४३ हजार ५६४.३० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) को पनि १२ लाख २१ हजार ७७२.३९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । चार वटै कम्पनीको नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दास्रो बजारमा किनबेच गर्न सकिनेछ ।
कृषि विकास बैंकको २६ लाख ३७ हजार ५८३.१५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
साल्ट टे्रडिङ्ग कर्पोरेशन (STC) को पनि २ लाख ५३ हजार ५३१.१९ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस दिन स्वाभिमान लघुवित्त वित्तीय संस्था (SMFBS) को २ लाख ४३ हजार ५६४.३० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) को पनि १२ लाख २१ हजार ७७२.३९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको २३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
चार वटै कम्पनीको नेप्सेमा सूचीकृत बोनस शेयर, सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएपछि दास्रो बजारमा किनबेच गर्न सकिनेछ ।
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।