अभियान लघुवित्तको नाफा र ईपीएस दुबै ऋणात्मक

May 18, 2023 09:21 AM Merolagani

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड (AVYAN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा लघुवित्तको खुद नाफा र ईपीएस दुबै ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तको खुद नाफा १ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा ऋणात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.२६ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी २०.०४ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १८.९९ प्रतिशत घटेको छ। लघुवित्तको निष्क्रिय कर्जा ०.४५ प्रतिशतबाट बढेर ४.६१ प्रतिशत पुगेसँगै सम्भावित जोखिम बापत ९ करोड २१ लाख रुपैयाँ व्यवस्था गरेसँगै सञ्चालन मुनाफा १२ करोड ४२ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको छ।

लघुवित्तले सो अवधिसम्ममा ९ करोड ४५ लाख रुपैयाँ खराब कर्जा उठाएका कारण खुद नाफा १ करोड २१ लाख रुपैयाँ ऋणात्मक हुन पुगेको हो।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ६ रुपैयाँ ५० पैसा ऋणात्मक हुन पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो आम्दानी ८ रुपैयाँ ९२ पैसा रहेको थियो।

२५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ करोड १९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ४९ करोड रुपैयाँ सापटी र २६ करोड ३३ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।