तामाकोशी पाँचौं जलविद्युत आयोजना निर्माणको लागि त्रिपक्षीय सम्झौता हुँदै, सर्वसाधारणले १५, दाेलखाबासीले १० र कर्मचारीले ५ प्रतिशत शेयर पाउने

May 21, 2023 02:49 PM Merolagani



तामाकोशी पाँचौं जलविद्युत आयोजना निर्माणको लागि ऋण लगानी सम्बन्धमा त्रिपक्षीय सम्झौता हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, तामाकोशी जलविद्युत कम्पनी लिमिटेड र कर्मचारी सञ्चय कोषबीच आयोजनाको लागि आज बेलुका ऋण लगानी सम्बन्धमा सम्झौता हुने भएको हो ।

आयोजनाको निर्माण अवधिको व्याज सहित २१ अर्ब १४ करोड रुपैयाँ लाग्ने अनुमान रहेको छ । त्यस मध्ये ६५ प्रतिशत ऋण मार्फत लगानी गर्ने र ३५ प्रतिशत शेयरबाट जुटाउने कम्पनीले जनाएको छ ।

कुल लगानी मध्ये सञ्चय कोषले १३ अर्ब ७४ करोड रुपैयाँ लगानी गर्ने जनाएको छ ।

तामाकोसी पाँचौं ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोसीको क्यास्केड आयोजना हो । करिव १०० मेगावाटकाे तामाकोसी पाँचौले बाँध, बालुवा थिग्रयाउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ ।

१० प्रतिशत आयोजना प्रभावित दोलाखाबासी, १५ प्रतिशत देशभरका सर्वसाधारण,५ प्रतिशत प्राधिकरण तथा कम्पनीका कर्मचारी, २ प्रतिशत अतिबिपन्न नागरिक शहिद तथा बेपत्ता नागरिक र अपाङ्गलाई छुट्टायाइएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश भएकोले कम्पनीको शेयर संरचना परिवर्तन हुन सक्ने छ ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।