पाँच कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति?

May 21, 2023 04:13 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पाँच कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक (SADBL),एनएलजी इन्स्योरेन्स,लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएका हुन् ।

यस दिन सांग्रिला डेभलपमेन्ट बैंकको २५ लाख ६९ हजार २२०.५४७१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरहरुलाईलाई ८.५३४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

एनएलजी इन्स्योरेन्स (NLG) को १३ लाख २६ हजार ६१४.३६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एनएलजीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्था (LLBS) को ५ लाख ७६ हजार ८१ कित्ता, इन्फिनिटी लघुवित्त वित्तीय संस्था (ILBS) को ८ लाख २९ हजार २६.५६ कित्ता र सबैको लघुवित्त वित्तीय संस्था (SABSL) को ४ लाख ८६ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लक्ष्मी लघुवित्तले १५ प्रतिशत, इन्फिनिटी लघुवित्तले २० प्रतिशत र सबैको लघुवित्त वित्तीय संस्थाले १८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

पाँच वटै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।