लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता

May 22, 2023 04:49 PM Merolagani

लक्ष्मी बैंक(LBL) र सनराइज बैंक(SRBL)बीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराइज बैंक हुनेछ भने लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत रहनुहुनेछ । गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ।

उपरोक्त सम्झौतापत्र दुवै बैंकको साधारण सभामा पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृति प्राप्त गरेपछि दुवै बैंकले एकीकृत कारोबार शुरु गर्नेछन् । सम्पूर्ण प्रक्रियाहरु टुंग्याई आगामी असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने लक्ष्य राखिएको छ ।

comments powered by Disqus

अब लगानीकर्ताले नाफामा मात्रै कर तिर्नु पर्ने,वर्ष भरिको कारोबार नाफा/घाटा मिलान गर्न पाउने

May 30, 2023 12:10 PM

अब लगानीकर्ताले नाफामा मात्रै कर तिर्नु पर्ने भएको छ। वर्ष भरिको कारोबार देखाएर नाफा/घाटा मिलान गर्न पाउने व्यवस्था सरकारले गरेको छ। आगामी आर्थिक वर्षको बजेट मार्फत सरकाले उक्त व्यवस्था गरेको हो।